महिला भलिबलमा एपिएफ क्लब फाइलन प्रवेश
पाेखरा | कात्तिक १, २०७९
पोखरा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ।
मंगलबार भएको सेमिफाइनमा बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो।
सेमिफाइनलको पहिलो सेटमा २३–२५ले गुमाएको एपिएफले दोस्रो, तेस्रो र चौथो सेटको २५–२३, २५–२२ र २५–१६ले आफ्नो पक्षमा पारेको हो। प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन्।
दोस्रो सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

